पोखरा उवासंघमा चुनावी चहलपहल (तस्बिरहरु)

केन्द्र खबर

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन अन्तरगत आज मतदान जारी छ । संघको सचिवालय पोखरा–४ गैर्हपाटनमा मतदान भइरहेको छ । करिब ३१ सय मतदाताले पदाधिकारी र सदस्यको छिनोफानो गर्ने छन् ।

महाधिवेशनमा ३९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।

उद्योगतर्फको उपाध्यक्षमा देबेन्द्र केसी र हीरामणि पण्डितको उम्मेदवारी परेको छ । उत्तममान बुद्धाचार्य, कुमारीमुना बास्तोला र सोवित पौडेलले वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महासचिवमा केशवबहादुर खत्री, तारानाथ ढुंगाना र बलराम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र हरिराज पन्तले उम्मेदवारी दिँदा शोभा गौतम र हर्कबहादुर अधिकारीले उपमहासचिवमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा ललितबहादुर कुँवर, प्रभा सुवेदी, विनोद केसी, भीम गौतम, बलराम कोइराला, यमनाथ तिमिल्सिना, सुदीप प्रधानांग, सुदीप ओझा, रामचन्द्र शर्मा, भरत केसी, मनोजकुमार श्रेष्ठ, दिलीपकुमार श्रेष्ठ, हिमनिधि लौडारी, कृष्णप्रसाद कोइराला, दुर्गा रञ्जित श्रेष्ठ, उदयबहादुर केसी, धमेन्द्रकुमार बाटाजु, माधन बस्ताकोटी र यादवप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।

१९ जनाको उम्मेदवारी परेको सदस्यमा १० जना निर्वाचित हुनेछन् । वस्तुगत सदस्य कुश कार्की, जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लीलाधर चपाईं, लेखनाथ सुवेदी र विष्णुप्रसाद तिमिल्सिनाको उम्मेदवारी परेको छ । ६ जनाको उम्मेदवारी परेको वस्तुगत सदस्यमा ४ जना निर्वाचित हुनेछन् । औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत र कर्पोरेट सदस्यतर्फ रामप्रसाद कँडेल र बन्दना कार्की केसी निर्विरोध भएका छन् ।

  • २५ भाद्र २०७९, शनिबार १६:२१ प्रकाशित