मौसम पूर्वानुमान : देशैभर वर्षा, दुई वटा प्रदेशमा भारी वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

  • २५ भाद्र २०७९, शनिबार ०६:४९ प्रकाशित