राष्ट्रपतिलाई झलनाथको प्रश्न : नागरिकता विधेयक २०७३ सालमा ओलीले ल्याउदा प्रगतिसिल, अहिले राष्ट्रघाती कसरी भयो ?

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकिकृत समाजवादिका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताएका छन् । पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायीत्व रहेको छ, त्यो उत्तरदायीत्वको सिमा भित्र रहेर राष्ट्रपतिले भुमिका खेल्ने कुराहरुमा मलाई केही पनि आपत्ती लाग्दैन, तर संविधानको सिमा भित्र रहेर सबैले हिड्नै पर्छ, खनालले भने ।

खनालले राष्ट्रपतिले संविधानको सिमा नाघ्न नमिल्ने बताए । अहिलेको नागरिकता विधेयक राष्ट्रपतिले २०७३ सालमा प्रमाणीकरण गरिसेको विधेयक भएकाले अहिले रोक्न नमिल्लने खनालको भनाई थियो ।

२०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अगाडी सारेको विधेयक नै अहिले आएको स्मरण गदै खनालले त्यती बेला वर्तमान राष्ट्रपतिले नै प्रमाणिकरण गरेको बताए । त्यती बेला एकदम प्रगतिसिल र आवश्यक हुने अहिले आएर रष्ट्रघाती बिधेयक हुने, यो स्ट्ण्डर आफुले नबुझेको खनालले बताए ।

संविधानले दिएको हक अनुसार एक पटक फिर्ता गरिसकेकाले अब त्यहा भन्दा उता जाने अधिकार राष्ट्रपतिलाई पनि नरहेको खनालको भनाई थियो ।

खनालले सत्ता गठबन्धन दल भित्र सिटबाडफाडको ९० प्रतिशत सहमती भइसकेको बताए । एक दुइ दिन भित्र सबै सहमती हुने उनले दावी गरे ।

 

  • २४ भाद्र २०७९, शुक्रबार १८:५४ प्रकाशित