गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो : देउवा

केन्द्रभाग मिडिया

चितवन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षडयन्त्र भएको बताएका छन् ।

गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गर्दै उनले यस्तो बताएका हुन्। १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो,ु प्रधानमन्त्री देउवाले भने। गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।

  • २४ भाद्र २०७९, शुक्रबार १५:१८ प्रकाशित