राष्ट्रियसभाका नवनिर्वाचित चार सभापतिद्धारा सपथ ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ ग्रहण गरेका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्विरोध भएका थिए ।

  • २३ भाद्र २०७९, बिहीबार १५:३७ प्रकाशित