भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने किसानको चेतावनी

केन्द्रभाग मिडिया

चितवन ।

भारतीय केराको आयातले स्वदेशी केराले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् ।

चितवन जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।

जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको हो ।

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् ।

  • २३ भाद्र २०७९, बिहीबार १५:२४ प्रकाशित