उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्नुस : मन्त्री बराल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

पोखरा २ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीहरुले आफ्नो उद्धेश्य अनुरुप काम कमैले गरेको उल्लेख गर्दै उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले सहकारीको उद्धेश्य अनुरुप काम गर्न सुझाव दिए । महिलाहरुको जन जीवन माथि उठाउन उत्पादन र उद्यमशीलता तर्फ केन्द्रित हुदै कृषि क्षेत्रलाई प्रथामिकता दियर लागेमा राज्यले यस्ता सहकारीलाई सहयोग गर्ने बतए ।

नेपालमा उत्पादनको प्रवल सम्भावना हुदा हुदै करिब ४ खर्ब भन्दा बढीको खाद्य पदार्थ विदेशबाट भित्राउनुले नेपालको अर्थतन्त्रलाई यसले निकै कमजोर बनाएको मन्त्री बरालले बताए ।

उनले भने , ‘नेपालमा कुनै पनि ठाँउमा मरभूमि त छैन नी, यहाँ प्रायः जहाँ जे रोपे पनि फल्न सक्छ यसमा उत्पादन गर्ने उद्धेश्यले सहकारीले कृषिको क्षेत्रमा लगानी गर्नु पर्छ ।’

  • २३ भाद्र २०७९, बिहीबार १५:१२ प्रकाशित