कर्मचारी सरुवाप्रति एमालेको यस्तो आरोप !

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् ।

प्रमुख सचेतक भट्टराईले भने– ‘आसन्न निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानी छानी जिल्ला जिल्लामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई पठाउने काम भएको छ ।

स्थानीय तहमा पनि त्यसरी नै प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भएको छ । यो तरिकाले निर्वाचनलाई प्रभावित पार्नेगरी आफ्ना मान्छेहरु छानी छानी लाने काम गरिएको छ ।’

उनले स्थानीय तहको निर्वाचनका बेला प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला जिल्लामा विपक्षीहरूलाई, राजनीतिक आस्था नमिल्ने दलहरूलाई चरम दमन गरेको आरोप लगाए

  • २२ भाद्र २०७९, बुधबार १५:१९ प्रकाशित