विचित्र दुनियाँ : चाउचाउ मात्रै खुवाएको भन्दै पत्नीसँग डिभोर्स

केन्द्रभाग मिडिया

 

भारतमा चाउचाउ मात्रै खुवाएको भन्दै एक पतिले पत्नीसँग डिर्भोस गर्ने भएका छन् । श्रीमतीले दिनदिनै खानामा चाउचाउ मात्रै दिएको भन्दै श्रीमानले श्रीमतीविरुद्ध डिर्भोसका लागि प्रक्रिया अगाडि बढाएको एक अदालतका न्यायाधीशले बताएका छन् ।

श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए । मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पतीको नाम उल्लेख गरिएको छैन् ।

पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार १०:४९ प्रकाशित