धनगढी ।
जातीय विभेद हुने गरी फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई अदालतले दुई महिना जेल सजायको फैसला गरेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको हो ।
मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए।
‘जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो।