क्रिप्टोकरेन्सीका एप तथा साइटहरु बन्द गर्न दूरसञ्चारको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो समय निकै चर्चामा आएको क्रिप्टोकरेन्सी कारोबारका सबै एप तथा वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले अवैध मानेको यस किसिमको कारोबार नेपाल निकै तीव्र रुपमा बढिरहेको थियो । इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन कार्यान्वयन गर्न भन्दै प्राधिकरणले परिपत्र गरेको छ ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट,एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

नेपालमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरु पक्राउ समेत परिरहेका छन् ।

  • १ चैत्र २०७८, मंगलवार १५:१२ प्रकाशित