‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्दैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’:ओली

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ककसैको बैसाशी टेक्न नपर्ने भन्दै चुनावमा एक्लै लड्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

ओलीले भनेका छन्,‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ, हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’

यस्तै ओलीले माधव नेपाल र झलनाथ खनाललगायत पार्टी छोडेर जानेहरुलाई कुडा कर्कटको संज्ञा दिएका छन् । उनले एमाले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताउँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए ।

  • १ चैत्र २०७८, मंगलवार १४:२४ प्रकाशित