हिजो साँझ नेपाल आएका साउदी विदेशमन्त्री साउदको आज राजनीतिक भेटघाट

केन्द्रभाग मिडिया

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

पोखरा ।

साउदी अरबका राजकुमार एवं विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं आइपुगेका छन् । सोमबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन् ।

त्रिभुवन विमानस्थलमा विदेश मन्त्री साउदलाई परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए । हिजो साँझ काठमाडौं आए पनि साउदले राजनीतिक भेटघाट आज मात्रै गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान १० बजे साउदले नेपाली समकक्षी नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । उक्त भेटवार्तापछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

मन्त्री खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् । मंगलबार दिउँसो साउदी विदेश मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आज नै स्वदेश फिर्ता हुनेछन् ।

  • १ चैत्र २०७८, मंगलवार ०६:४९ प्रकाशित