माओवादी केन्द्रमा एमसीसीको साइड इफेक्ट : सांसद विष्टले पार्टी त्यागे

केन्द्रभाग मिडिया

काठमाडौं ।

पार्टी सिद्धान्त र मूल्यमान्यता विपरित नेकपा (माओवादी केन्द्र)ले एमसीसी पास गरेको भन्दै एक प्रदेश सांसदले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए ।

कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको बताए ।

  • २७ फाल्गुन २०७८, शुक्रबार २०:०५ प्रकाशित