कांग्रेस पोखरा महानगर– ३ समितिले राजनीतिक प्रतिवेदन जिल्लालाई बुझायो

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीद्धारा गठित वडानम्बर ३ समितिले टोल समिति गठनसहित वडाको राजनीतिक प्रतिवेदन जिल्लालाई बुझाएको छ । शुक्रवार एक कार्यक्रमकाबीच समितिका संयोजक एवं महासमिति सदस्य बाबुराम आचार्यले जिल्ला सभापति किशोरदत्त बराललाई वडाको प्रतिवेदन बुझाए । कास्की जिल्लाका सबै वडामा टोल समिति गठन र वडाको बस्तुगत अवस्थासहितको प्रतिवेदन बनाउन जिल्ला समितिले वडा–वडामा टोली गठन गरेको थियो ।

सोही अनुसार वडानम्बर ३ मा बाबुराम आचार्यको संयोजकत्वमा दिपेन्द्र मर्सानी, टिका कुमारी गुरुङ, मिना पाण्डे, विश्वशंकर पालिखे र पदम बहादुर गुरुङ सदस्य रहेको टोली गठन भएको थियो । प्रतिवेदनमा टोलमा भएका घरघुरी, मतदाताको संख्या र मतदाता भए नभएको र टोलको आवश्यकतासहितको प्रतिवेदन तयारी गरिए बुझाइएको सदस्य टिका कुमारी गुरुङले जानकारी दिइन् ।

टोल कार्य समिति गठन गर्ने क्रममा सो टोलमा देखिएका समस्या र आवश्यकतालाई प्रतिवेदनमा समावेश गरिएको सदस्य दिपेन्द्र मर्सानीले बताए । संयोजक आचार्यले प्रतिवेदनलाई जिल्ला समितिले गम्भिर रुपमा मनन गरेर कार्यान्वयनमा जाने आशा व्यक्त गरे ।

जिल्ला सभापति बरालले सबै वडाबाट प्रतिवेदन प्राप्त भए पछि सोही आधारमा चुनावी राणनीति बाइने बताए । उनले प्रतिवेदन तयार पार्नै टोलीलाई धन्यवाद दिए ।

स्थानीय तहको निर्वाचन, आसन्न प्रदेश र संघीय निर्वाचनलाई केन्द्रीत गरि कांग्रेसले टोलटोलमा अभियान संचालन गरिहेको छ ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १६:५७ प्रकाशित