देशभर ७७ जनामा संक्रमण, १ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार सो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले जनाएको छ ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १६:५१ प्रकाशित