घट्यो रेमिट्यान्स, माघमा ७२ अर्ब मात्रै भित्रियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत माघ महिनामा ७२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स भने घटिरहेको छ ।

२०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ ।

गत वर्षको यस्तै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १६:३३ प्रकाशित