बोटलर्स नेपालविरुद्ध सरकारले गर्‍यो कर छली मुद्दा दायर

केन्द्रभाग मिडिया

काठमाडौं ।

बोटलर्स नेपालविरुद्ध कर छली मुद्धा परेको छ । सरकारले बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १६:१७ प्रकाशित