जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल अघि बढने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूचीमा छ।

जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १५:२० प्रकाशित