काठमाडौंको मेयर बन्न राजेश हमालले देखाए इन्ट्रेस्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

महानायक राजेश हमालले काठमाडौंको मेयर बन्न इन्ट्रेस्ट देखाएका छन् ।

हमालले काठमाडौं महानगरको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताउँदै एक पटक आफु नै मेयर बन्नु पर्छ कि भन्ने लागेको अभिव्यक्ति दिएका छन् ।

बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शिर्षकको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका छन् ।

हमालले भिडियोमा भनेका छन्, एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो !

सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्,‘सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि?

  • २६ फाल्गुन २०७८, बिहीबार १७:०२ प्रकाशित