स्थानीय निर्वाचनमा तालमेल गर्दै गठबन्धन : कुन महानगरमा कुन पार्टीले लिदैँछ नेतृत्व?(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् । निर्वाचन आयोगले निर्वाचको लागि आवश्यक तयारीसमेत गरिसकेको छ ।

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति गरेको स्रोतको दाबी छ । भद्र सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटन महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने भएको छ ।

उता, भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र) लिने लिने मोटामोटी सहमति बनेको छ । पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ।

  • २६ फाल्गुन २०७८, बिहीबार १६:५२ प्रकाशित