राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो ।

  • २६ फाल्गुन २०७८, बिहीबार १५:५८ प्रकाशित