एमाले प्रवेश गर्दै करिश्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छिन् । करिश्मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी थिइन् ।

ओलीसँगको भेटमा पार्टी प्रवेशबारे छलफल भएको करिश्माले जनाएको बताइएको छ। छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

करिश्माले सहकार्य गरेर अघि बढ्नेबारे छलफल भएको बताएकी हुन् । आफ्ना धेरै साथी एमाले निकट रहेको बताउँदै उनले आफु पनि पार्टी प्रवेश गर्नेबारे मनस्थिती बनाएको बताएकी छन् ।

  • २६ फाल्गुन २०७८, बिहीबार १५:२८ प्रकाशित