दलित संघको अध्यक्षमा मन्त्री डोबाटे आकांक्षी: अन्य को–को ? (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ ।

अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री क्षेत्र सिंह टेलर लगायतले अध्यक्षको आकांक्षा राखेका छन् ।

संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका छन् ।

दलित संघको राजनीतिमा देउवा पक्षका नेता मीन विश्वकर्मा र कोइराला पक्षका नेता जीवन परियार हाबी हुन्छन् । आफ्नो पक्षका उम्मेदवार टुंगाउन आकांक्षीहरु सहित दुबै पक्षका नेताहरुको बैठक पटक पटक बसेपनि उम्मेदवारको टुंगो भने लागेको छैन ।

२०७३ सालमा हुनुपर्ने संघको महाअधिवेशनको पटक पटक मिति सर्दै अहिलेसम्म हुन नसकेको हो ।

  • २६ फाल्गुन २०७८, बिहीबार १५:०९ प्रकाशित