सुँगुरको मुटु राखेका व्यक्तिको दुई महिनापछि मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ ।

सुँगुरको मुटु राखिएका अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो । उनी सुँगुरको मुटु राखेपश्चात दुई महिनासम्म बाँचेका हुन् ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा बेनेतमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो ।

अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ- केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो । तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो ।

  • २६ फाल्गुन २०७८, बिहीबार १०:४५ प्रकाशित