वसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरु हुन्छ । चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।

यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।

फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइँदैछ।

  • २६ फाल्गुन २०७८, बिहीबार १०:०६ प्रकाशित