गृहले हटायो १० बजेको समय सीमा, रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (यी हुन् शर्तहरु) 

केन्द्रभाग मिडिया

पोखरा ।

गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा संचालनमा लागाएको समय सिमा हटाएको छ । मन्त्रालयले समय सीमा हटाएर रातभर घण्टा चल्न दिने निर्णय गरेको छ । एक सूचना जारी गदै मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव बसन्त भट्टराईले आचारसंहिता सहित संचालन गर्न सकिने जानकारी दिएका छन् ।

गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न सकिने छ ।

यसअघि प्रशासनले राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो। व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए । पर्यटन व्यवसायीले रात्रीकालीन व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो।

रात्री व्यवसायी संचालन गर्न दिने निर्णय गरेको सरकारले भने व्यवसायको प्रकृति अनुसारको आचारसंहिता बनाएको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार १०:०३ प्रकाशित