आज डलरको भाउ कति पुग्यो ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो केही दिनदेखि डलरको भाउ उकालो लागिरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार ०९:२४ प्रकाशित