एमाले नामको कम्युनिष्टलाई भोट दिन हुन्न : बरिष्ठ नेता पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आफैले संसदमा दर्ता गरेको प्रस्ताव पास गर्दा संसदमा नारा लगाएको भन्दै एमालेलाई पाखण्डी भनेका छन् । सभामुखको विरोध भए पनि एमसीसी पास गर्दा १० मिनेट चुप लागेर बस्न नसक्ने केपी ओली र उनको पार्टी एमाले पाखण्डी रहेको उनको भनाई छ ।

पोखरामा भएको नेपाल दलित संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै पौडेललेले एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओली प्रति आक्रो प्रकट गरे । उनले पाखण्डी पार्टीलाई भोट दिन नहुने बताए । पौडेलले भने, संसद चल्ल्नै नदिने, संसदमा गएर कामै गर्न नपर्ने, त्यसै पैसा खाने तिनलाई फेरी संसदमा कीन पठाउने ?

नेता पौडेलले कम्युनिष्ट भन्नेलाइ, एमालेलाई संसदमा पठाउनै नहुने बताए । ‘यो गल्ती फेरी जनताले किन गर्ने ? जनता किन फेरी यती वेकुफ हुने ? संसद चल्न नदिने, भत्ता मात्र खाइरहने सुविधा मात्र लिइरहेको एमालेलाई भोट नदेउ एमालेलाई संसदमा पठाउनै हुदैन,’ उनले भने ।

दुइ तिहाई बनाएर पठायो, तीन पटकसम्म फाल्दीयो, जनताले भोट दिएर पठाउने उल्ले लगेर फाल्ने, संसद चल्न नदिने अनि गएर भत्ता खाने पौडेलले भने ।

निर्वाचन आयोगले मतपत्रमा चुनाव चिन्ह् हरियो रंगको राख्ने सार्वजनिक गरेसगै आक्रोसीत बनेका ओलीले कांग्रसलाई जिताउन हरियो रङ प्रयोग गर्न लागेको भन्दै ओलीले त्यसलाई अस्विकार गर्ने बताएक थिए । उनको यो भर्ना प्रति बरिष्ट नेता पैडेलले आक्रोस पोखेका छन् । ओलीले हरियो देख्न, सुन्नै नचाहेको भन्दै एमालेको कच्चा चेष्टा प्रस्ट भएको पौडेलले बताए ।

‘उनले कम्युनिष्टको भ्रम छर्ने काम गरेको आरोप लगाए । रुख हरियो हुन्छ भनेर हरियोको नाम सुन्नै नचाहने, देख्नै नचाहने हरियोको त विरोध गर्ने जात कस्तो हो ? पौडेलले भने ।

  • २५ फाल्गुन २०७८, बुधबार १८:३१ प्रकाशित