गण्डकी अपडेटः ३२० जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २१ जना संक्रणमुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १०, म्याग्दीका २ र बागलुङका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९४५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३१६ पुगेको छ ।

हाल प्रदेशमा १६४ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १३८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६५ रहेको छ।

  • २५ फाल्गुन २०७८, बुधबार १७:०० प्रकाशित