निर्माण भएको ६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र

केन्द्रभाग मिडिया

बागलुङ ।

निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् ।

तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ ।

बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए ।

प्राधिकरणको आठ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो । बलेवा विमानस्थल सात सय मिटर लामो कालोपत्र गरिएको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार १६:५२ प्रकाशित