कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिंदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

कलाकार पल्पसा डंगोल(चम्सुरी) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

डंगोलको अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।

प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन नेपाल चलचित्र कलाकार संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी उनी ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार १५:०१ प्रकाशित