दीपेन्द्रसिंह ऐरी परे आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् ।

आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

  • २५ फाल्गुन २०७८, बुधबार १४:४६ प्रकाशित