सुनको भाउमा नयाँ रेकर्डः आज तोलाको १ लाख ५ हजार ५००

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।
यो हालसम्मकै महँगो मुल्य हो ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँ बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार १३:३८ प्रकाशित