माओवादीबाट जितेका रंगेलीका मेयर सयौँ कार्यकर्ता सहित आज एमाले प्रवेश गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रबाट जितेका मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै छन् । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

अग्रवालसँगै सयौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ ।

एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो । माओवादीले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार ०९:०५ प्रकाशित