स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाई छ ।

यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी प¥यो भने ति नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिए ।

आयोगले चैतको सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ । हाल निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद प्रक्रिया चलिरहेको आयोगको भनाइ छ ।

  • २३ फाल्गुन २०७८, सोमबार १७:०१ प्रकाशित