एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गरेको एमसीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् ।

सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए ।

‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो’, प्रचण्डले सोमबारको बैठकको सुरुमै भने, ‘त्यतिमात्रै होइन अस्ति एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नु भएको छन् ।’

  • २३ फाल्गुन २०७८, सोमबार १३:५६ प्रकाशित