लुक्ला विमानस्थल नजिकैको जङ्गलमा भीषण आगलागी, उडान प्रभावित

केन्द्रभाग मिडिया

सोलुखुम्बु।

सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको एक वनमा भीषण आगलागी भइरहेको छ। लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

प्राधिकरणको अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र ड्राइभड भएकाले उडान भइरहेको उनको भनाइ छ।

  • २३ फाल्गुन २०७८, सोमबार ०९:५४ प्रकाशित