लायन्स क्लब अफ पोखरा बाराही टाउनको रक्तदानमा ३१ पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल काउन्सिल चेयरमेन लायन मन बहादुर रोकाले बाराही टाउनका क्लसटर चिफ ला. वसन्त राज सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरु गरिएको थियो ।

क्लबका अध्यक्ष लायन सुकमाया गुरुङको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ ।रगत अभावकै कारण जिवन गुमाउनुपर्ने अवस्था सिर्जना नहोस भनेर बाराही टाउनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मल्टिपल जिएमटी कोअर्डिनेटर लायन राजन लम्साल , पीडीजी लायन इन्दु लम्सालको बिशेष आतिथ्यता रहेको थियो । यस्तै लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ का इलेक्ट सम्पुर्ण नेतृत्व गणको आतिथ्यता रहेको थियो ।

गंगा शर्मा संयोजक रहेको कार्यक्रमको सञ्चालन लायन क्लब अफ पोखराको चार्टर प्रेसिडेन्ट रोजी श्रेष्ठले गरेकी थिइन् ।
बाराही टाउनले प्रत्येक वर्ष रक्तदान कार्यक्रम लगायत अन्य सामाजिक कार्य गर्दै आइरहको छ ।

  • २३ फाल्गुन २०७८, सोमबार ०९:४५ प्रकाशित