श्रीमानद्धारा आफ्नै श्रीमती माथि ‘एसिड’ प्रहार

केन्द्रभाग मिडिया

काठमाडौं ।

भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीमाथि ‘तेजाब’ प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरको अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने बताइएको छ ।रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

  • २३ फाल्गुन २०७८, सोमबार ०८:५६ प्रकाशित