चैत्र ४ देखी कास्की जिल्ला स्तरीय छात्र /छात्रा भलिवल प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा सामुदायीक विद्यालय स्तरीय छात्र /छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ कास्की र सृजन विकास केन्द्रको आयोजनामा हुने प्रतियोगिता चैत्र ४ गतेदेखी ७ गतेसम्म संचालन हुने छ । आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गदै खेल वारे जानकारी दिएको हो ।

सृजना कप कास्की जिल्ला सामुदायीक विद्यालय स्तरीय छात्रा /छात्रा भलिबल प्रतियोगिता नाममा संचालन हुने यो चौथो संस्करणको प्रीतयोगिता हो । प्रतियोगिता वारे जानकारी दिदैँ जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने जानकारी दिए । भलिवलको जग बलियो बाउन विद्यालय स्तरिय भलिवल आयोजना गरिएको उनले बताए ।
प्रतियोगितामा ५० टिमले प्रतियोगितामा भाग लिने सृजना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए । छात्रा /छात्र दुवै तर्फ प्रथम हुने टिमले एक लाख नगद प्राप्त गर्ने छन् । तयस्तै द्धितिय हुने टिमले ५० /५० हजार र तृतिय हुने टिमले ३०/ ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडी तर्फ ५ /५ हजार र अनय पाचँ विधाका उत्कृष्ट खेलाडीलाई एक/ एक थान भलिबल प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए । खेल पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा संचालन हुने छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १७:१० प्रकाशित