ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गोली हाने

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

कैलालीमा ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गाली हानेका छन् ।

जिल्लाको कालाकुण्डा प्रहरी चौकीमा प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् ।

ड्युटीका क्रममा रहेका झंकर बोहराले शनिबार राति १२ तिर आफैँले बोकेको एसएलआर चिउँडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ।

उनले आफ्नो साथमा रहेको एसएलआर०राइफल चलाउँदा बन्दुक पड्केर घाइते भएको हुन् । उनले चौकीमा राति आत्महत्याको प्रयास गर्दा बन्दुक पड्केको हुनसक्ने आशंका प्रहरीको छ ।

पारिवारिक तथा व्यक्तिगत समस्याका कारणले उनले यस्तो गरेको हुनसक्ने बताइएको छ । उनको नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १६:५८ प्रकाशित