जनप्रिय माविमा संगठित बन्दै पूर्व विद्यार्थी

केन्द्रभाग मिडिया

जनप्रिय मावि, पोखरा–८ सिमलचौरमा पूर्व विद्यार्थीहरुको साधारण सभा तथा अधिवेशनले सरोजनारायण बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केशवबहादुर थापा, महासचिवमा धिरज थापा, सचिवमा गणेश चालिसे, कोषाध्यक्षमा प्रतिमा पोखरेल तथा सह–कोषाध्यक्षमा सागर पौडेल चयन हुनुभयो । त्यस्तै समितिको सदस्यहरुमा रामप्रसाद मुल्मी, जमुना गुरुङ्ग, शिला सिग्देल, लक्ष्मी भण्डारी, किरण ढकाल, कृष्णहरी सिग्देल, लुना थापा, विनोदकुमार शर्मा र राशेक श्रेष्ठ चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको सर्वाङ्गिण विकासमा वडाको सधैं साथ रहने भन्दै आगामी दिनहरुमा अझै स्तरीय शैक्षिक पठनपाठनको लागि पूर्व विद्यार्थीहरुको महत्वपूर्ण भूमिंका रहनेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरी, प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, जनप्रिय बहुमुखी क्याम्पसका नि.क्याम्पस प्रमुख कृष्णबाबु बराल लगायतले शुभ–कामना मन्तव्य राखेका थिए । समितिका अध्यक्ष सरोजनारायण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शिला सिग्देलले स्वागत तथा महासचिव रामेश्वर बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • २२ फाल्गुन २०७८, आईतवार १६:४५ प्रकाशित