गठबन्धन चुनाव सार्ने षडयन्त्र गर्दैछः सुवास नेम्वाङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनले चुनाव सार्ने षडयन्त्रमा लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको उनको टिप्पणी छ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए ।

‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने ।

संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताए ।

  • २२ फाल्गुन २०७८, आईतवार १६:१५ प्रकाशित