पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको छ।

नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोगमा हिरासतमा रहेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि उनलाई सात दिन थुनासामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ता भएपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।

  • २२ फाल्गुन २०७८, आईतवार १५:२२ प्रकाशित