दमौलीमा भिषण आगलागीः हेलिकप्टर र दमकलबाट पानी खन्याउँदा पनि नियन्त्रणमा आएन

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँको दमौली बजारमा भिषण आगलागी भएको छ । बिहान सवा १० बजेबाट लागेको आगो झण्डै तीन घण्टा सम्म पनि नियन्त्रण सकेको छैन ।

दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोबाट ४ वटा घर जलेको उनले बताए । मानवीय क्षति भने भएको छैन ।

सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।प्रजिअ अर्यालको अनुसार ७ वटा दमकल र पानी ट्यांकर आगो निभाउनका लागि प्रयोग गरिएको छ यद्यपि अझै आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् ।

  • २२ फाल्गुन २०७८, आईतवार १३:०१ प्रकाशित