डलरको भाउ बढ्यो , यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज साताको पहिलो दिन आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १०:१३ प्रकाशित