कांग्रेस बाराको मतदान रद्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

 नेपाली कांग्रेस बाराको मतदान रद्द भएको छ । मतदानमा अनियमितता भएको भन्दै नेतृत्व चयनका लागि हिजो भएको मतदान रद्द गरिएको हो ।

नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति आएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार ०९:०५ प्रकाशित