प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ ।

संसद्को बैठक अघि अहिले विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरिएको छ ।दशौं अधिवेशनअन्तरगत संसदको दशौं बैठक बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

आफूले कारबाही गरेका १४ सांसद पदमुक्त हुनपर्नें माग राख्दै एमालेले सदनमा अवरोध गरिरहेको हो । उक्त क्रम एमालेले आज पनि जारी राख्ने जनाएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार ०८:३२ प्रकाशित