रोकिएन युक्रेनमाथिको रुसी हमलाः मारिओपोलमा फेरि बम हमला

केन्द्रभाग मिडिया

Symbolic picture

काठमाडौं।

रुसी सेनाले युद्धविराम गरेको भनिएको युक्रेनी सहरमा फेरी तीव्र गोलाबारी भएको छ ।

रुसले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो ।

रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएको समाचारमा उल्लेख गरिएको छ।

  • २२ फाल्गुन २०७८, आईतवार ०८:२५ प्रकाशित